Skip to content

नागरिकता किर्ते अभियोगमा धुनीवेशीका वडाध्यक्ष पक्राउ

धादिङको धुनीवेशी नगरपालिका– ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदी पक्राउ परेका छन् । नागरिकता किर्ते गरेको आरोपमा सात महिनादेखि फरार रहेका सुवेदीलाई प्रहरीले शनिबार काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो ।

सार्वजनिक किर्ते मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले उमेर नपुगेको नाबालकलाई उमेर पुगेको देखाई झुटो जन्म दर्ता प्रमाणपत्र तयार पारेको आरोप छ ।

सोही जन्मदर्ताको आधारमा नागरिकता बनाएर जग्गा बिक्री गरेको अभियोगमा उनीविरुद्ध दर्ता भएको मुद्दा अहिले पनि जिल्ला अदालत धादिङमा विचाराधिन छ ।

काठमाडौँबाट पक्राउ परेका सुवेदीलाई थप अनुसन्धानका लागि धादिङ लगिएको प्रहरीले जनाएको छ । सुवेदी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट र गत निर्वाचनमा एकीकृत समाजवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x