Skip to content

“Binay karki & Thunga”ब्यान्डको आधिकारीक घोषणा

बिगत डेढ दशक अगाडि “द मिडल युनिट” ब्यान्ड बाट सांगीतिक क्षेत्रमा आएका बिनय कार्की पुन अहिले नयाँ ब्यान्ड ” Binay karki & Thunga” मार्फत फेरी आएका छन् ।

ब्याण्ड पछि सोलो गायनमा लागेका बिनय कार्कीको आफ्नो सोलो हिट गीतहरु “ जब तिमि एक्लै थियौ “ २०६३ “ मायामा घात “ २०७० “मायामा फसे कि म “ २०७८, लगायत थुप्रै गीतहरु रहेका छन भने २०८१ मा रिलिज भएको “ एक्स लभर “ गीत भने अहिले पनि चर्चित नै रहेको छ । यस गीतमा गायिका अञ्जना सारुले साथ दिएकी छिन ।


असार २१ गते शनिबार देखि आफ्नो ब्यान्ड ” Binay karki & Thunga”को आधिकारीक घोषणा गरी सांगीतीक क्षेत्रमा फेरी उदाउने आशामा आएको बताउँछन बिनय कार्की । The Voice Of Nepal Season २ मा उनले प्रस्तुती दिएको ’भुमो ’ गीत बाट भाइरल बन्न पुगेका थिए बिनय कार्की तर उनले सांगेतीक क्षेत्रमा भने पहिले देखि नै कार्य गर्दै आएका थिए ।

” Binay karki & Thunga“ब्यान्डले सावन २४ गतेका दिन काठमाण्डौ मा Live Concert को तयारी गरेको छ भने सोही दिन कन्सर्टमा उक्त ब्यान्डको आधिकारीक पहिलो गीत सार्बजनिक गरिने छ । साथमा कन्सर्टमा अन्य चर्चित केहि कलाकारको पनि प्रस्तुति रहने छ । ब्याण्डको पहिलो गीत “ नया नया “ को म्युजिक भिडियो छायांकन सकिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x