अभागी छोरी जन्मायौ आमा जान्न भन्दानी अन्मायौ आमा नराम्रो भाग्य न ठाडो शिर जुन ठाउमा टेक्छु त्यै ठाउमा भिर रुन पर्या छ मलाइ भाग्यले गर्नु गर्याछ ।
यो गित यतिबेला नहेर्ने र नसुन्ने सायदै कोइ हुनुहुन्न होला । दिपेन थापाको युटुब च्यानलबाट सार्वजनिक गरिएको अभागी छोरिलाइ छोटो समयमै १२ लाख पटक हेरिएको छ । गितमा कलिलै उमेरमा बिवाह गरेर दुख पाएको कथालाइ समेटिएको छ। श्रीमानको माया साथ र हात पाउनुको साटोमा उल्टै पीडा पाएको देख्न सकिन्छ ।
जाम दुख पाइन्छ नजाम भने बाबू आमाको इज्जतको डर नारिको जिन्दगी संघर्षमय हुन्छ भन्नी कथा गितमा अझै महत्त्वपूर्ण र बलियो बनेको देख्न सकिन्छ। यस गितका प्रत्यक शब्द शब्दले मन मुटु चसक्क बनाउछ ।
गितमा दिपेन थापा र शान्ती श्री परियारले आवाज दिएका छन । डि आर ढुंगानाको शब्द रहेको गितमा लय गायक थापाले भरेका छन । सङ्गीत सम्योजन खेमराज गौतमले गरेका हुन भने मिक्सिङ मास्टरिङ विनोद परियारले गरेका छन ।
गितको भिडियोमा बाल गायिका भनेर चिनिएकी कमला घिमिरे , दिपेश थापा , दिपेन थापा लगाएलाइ देख्न सकिन्छ।
गितमा माइतिको याद श्रीमानबाट पाएको पीडा र आमा प्रतिको गुनासोलाइ अत्यन्तै भावुक ढङ्गले प्रस्तुत गरिएको छ। कमलाको पिडादायी कथालाइ टपक्कै टिपेर गितमा उनेका छन निर्देशक तथा कोरियोग्राफर प्रबिन थापाले । प्रबिन थापाले निर्देशन गरेको भिडियोलाइ राजेश घिमिरेले क्यामेरामा कैद गरेका छन । भने अमृत चापागाईंले सम्पादन गरेका छन ।