Nidan Media

रिना केसीको ‘‘चुलो बल्दैन्’’ सार्वजानिक

नजाम त घरको चुलो बल्दैन जाम भने अगाडि पाइलै बल्दैन यी शब्दहरुले यति बेला सामाजिक सन्जाल तताइरहेको छ । रमेश परियार र रिना केसीको सहकार्यमा नयाँ गित दुई दिन अगाडि सार्वजानिक भएको छ । उक्त गित रिना केसीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

रमेश परियारको शब्द सङ्गित रहेको गितमा रिना केसी, पुजा देवकाेटा र सुप्रिम मल्लको आवाज रहेको छ । कृष्ण केसीले सङ्गीत सम्योजन गरेको गितलाई बिमल छिनालले मिक्सिङ मास्टरिङ गरेका हुन । भिडियोमा सोनिका बास्तोला, रञ्जित पौडेल र बालकृष्ण ओलीलाई देख्न सकिन्छ । बाल कलाकारमा अन्शु ओली र आरोष भुसाल देखिएका छन । गितमा एकल महिलाको दुख र संघर्षलाई देखाईएको छ । लाउलाउ खाउखाउ उमेरका आफ्ना सन्तानलाई छोडेर विदेशीको पिडालाई गितमा उतारिएको देख्न सकिन्छ ।


हामी सङको कुरामा गायीका रिना केसीले आफ्नै कथामा गित बनाएको पनि बताएकी छन । करिब ३÷४ बर्ष पहिला गायिका आफ्ना सन्तानलाई छाडेर जापान गएकी थिइन । त्यति बेला नै गित लेखेको तर समय अभावको कारण गितलाइ बजारमा ल्याउन नसकेको बताईन ।

उनको जिवनको कथालाइ टपक्कै टिपेर गित मार्फत दर्शकलार्य देखाएकी छन् । एकिन्द्र साराशङ्करले, एकिन्द्रले निर्देशन गरेको भिडियोलाइ करन चैसिरले क्यामेरामा कैद गरेका हुन भने अमृत चापागाईंले सम्पादन गरेका छन । रिना केसिले गाएका गितहरु मध्य के छ ओइ पानपाते ठुली, काहा गयौ भगेरी चरी, बाटैमा भाइरसक, बिन्दु लगाएतले धेरै चर्चा पनि पाइसकेको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.