Nidan Media

रास्वपाले स्वीकारेन भिजिट भिसाबारे सरकारी छानबिन समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसाबारे सरकारी छानबिन समिति अस्विकार गरेको छ ।

मंगलबार प्रतिनिधि सभामा आफ्नो कुरा राखेर रास्वपाले पुनस् वेल घेराउ गरेको छ । वेल घेराउ गर्नु अगाडि रास्वपाका उपसभापतिथ स्वर्णिम वाग्लेले जुन पात्रको नेतृत्वमा छानबिन समिति बनाइयो त्यो पात्रमा समेत प्रश्न उठाए ।

 

शंकरदार वैरागी विगत दश वर्षदेखि स्थायी सत्ताको प्रिय पात्र रहेको, सात वर्ष परराष्ट्रमा सचिव बनेको, तीन वर्ष मुख्यसचिव बनेको र त्यसपछि केही समय राष्ट्रिय सुरक्षा सल्लाहाकार बनेको वाग्लेले स्मरण गरे । वैरागी स्थायी सत्ताको प्रिय पात्र रहँदाकै समयमा दशौं करोड, अरबौंको टेलिकम माफियाद्धारा रचिएको घोटालाहरू भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘शंकरदार वैरागी अहिलेका निगाहाप्राप्त नेताहरूको गुटबक्समा रहनुपर्ने, स्वार्थको द्धन्द्धबाट जेलिएका पात्र हुनुहुन्छ ।’

यस्तो पात्रले गर्ने छानबिन मान्न नसकिने वाग्लेको भनाइ छ । वाग्लेले भनाइ राखेपछि रास्वपाका सांसदहरूले वेल घेराउ गरेका छन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.