Nidan Media

कोटिहोम जेठ ३१ गते सम्म चल्ने, झन्डै ६ करोड सङ्कलन

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको छ । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले अहिले सम्म सबै तिरको रकम  ५ करोड ६९ लाख ७ हजार ५ सय ५५ रुपैयाँ सङ्कलन भएको जानकारी दिए ।

उनका अनुसार नगद रसिद मार्फत ४ करोड ५३ लाख १३ हजार ६८, क्युआर मार्फत ३१ लाख ७ हजार २ सय ७३, चेक मार्फत १४ लाख ४१ हजार ७ सय १० जौ चरुमा भेटी स्वरूप आएको १९ लाख ७४ हजार १ सय ९४, जिन्सीमा आएको भेटी १४ लाख ८४ हजार ५ सय ६८, गोप्य दान मार्फत २२ हजार ४ सय ७२, दान पेटीकामा ३५ लाख ४४ हजार २ सय ९० गरी जम्मा ५ करोड ६९ लाख ७ हजार ५ सय ५५ रुपैयाँ सङ्कलन भएको छ ।

कोटिहोममा राखिएका ११ हजार कलश मध्ये अहिले सम्म ४ हजार ४ सय ९ जना भक्तजनले बुकिङ गरिसकेको उनले जानकारी दिए । ‘कुनै पनि धर्म गुरुले यसरी महायज्ञको आय व्यय सार्वजनिक गरेको रेकर्ड छैन म नै पहिलो हो’ उनले भने, ‘यहाँ सङ्कलन भएको सम्पूर्ण रकमको अडिट सहित पत्रकार सम्मेलन गरेर सार्वजनिक हुन्छ अनावश्यक हल्लाको पछाडि नलाग्न सम्पूर्ण भक्तजनलाई म आग्रह गर्दछु ।’

कोटिहोममा जग्गा दान गर्ने क्रम पनि बढ्दै गएको जानकारी दिए । कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै गएपछि पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ ३१ गते सम्म सञ्चालन हुने महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले उद्घोष गरे ।

महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले बुधवार पोखरा जारी कोटिहोमबाट अन्य प्रदेशमा पनि कोटिहोम सञ्चालन गर्ने घोषणा गरे । उनका अनुसार २०८२ मङ्सिरमा कोसी प्रदेशमा ऐतिहासिक श्री कोसी कोटिहोम विराट ज्ञान महायज्ञमा, २०८२ फागुनमा २ नं प्रदेशमा श्री मिथिला कोटिहोम विराट ज्ञान महायज्ञ हुदैछ । त्यसै गरी २०८३ को वैशाखमा लुम्बिनी प्रदेशमा ऐतिहासिक श्री लुम्बिनी कोटिहोम विराट ज्ञान महायज्ञ, २०८३ मङ्सिरमा सुदूर पश्चिममा प्रदेशमा ऐतिहासिक श्री गोदावरी वैद्यनाथ कोटिहोम विराट ज्ञान महायज्ञ, २०८३ फागुनमा कर्णाली प्रदेशमा श्री कर्णाली कोटिहोम विराट ज्ञान महायज्ञ, २०८४ को वैशाखमा पोखरामा अति रुद्र विश्व कल्याण विराट ज्ञान महायज्ञ हुने भएको छ ।

यी सबै महायज्ञ पश्चात्  २०८४ साउन र भदौमा  काठमाण्डौमा विशाल १ हजार ८ कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञ हुने भएको उनले जानकारी दिए । त्यस्तै २०८४ को माघ महिना चितवनमा कोटिहोम विराट ज्ञान महायज्ञ हुने भएको छ ।  त्यसै गरी ७७ जिल्लाका पवित्र तीर्थ स्थल, मन्दिर परिसर, आध्यात्मिक ऊर्जा सम्पन्न स्थलहरूमा १ सय ८ भागवत महापुराणको सङ्कल्प अनुरूप केही समय भित्र भागवत सप्ताह हवन रुद्राभिषेक यज्ञ शाल निर्माण र महायज्ञलगायतका कार्यक्रमहरू क्रमशः सञ्चालन गरिने भएको छ ।

कोटिहोमाको उत्तरार्ध तर्फ आउँदै गर्दा मानव सेवा फाउन्डेसनको आजीवन सदस्य बन्ने भक्तजनको सङ्ख्या बढ्दै गएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.