Nidan Media

कोटिहोमको सफलताको कामन गर्दै तालबाराही मातालाई १ हजार ८ नरिवल अर्पण

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको सफलताको कामना सहित पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिरमा १ हजार ८ नरिवल अर्पण गरिएको छ ।

महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञको शु–सम्पन्नताको कामना गर्दै तालबाराही मातालाई १ हजार ८ नरिवल अर्पण गर्ने सङ्कल्पअनुसार आज तालबाराही मातालाई १ हजार ८ नरिवल अर्पण गरिएको छ ।

आज बिहान पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिरमा पुगेर तालबाराही मातालाई १ हजार ८ नरिवल अर्पण गरिएको गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए।

कोटिहोममा जेठ २४ गते २१ करोड दीप (ज्योति) प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । यति ठुलो दीप प्रज्वलन कार्यक्रममा आ–आफ्नो घरबाट ज्योति ल्याएर दीप प्रज्वलनमा सहभागी हुन सम्पूर्ण भक्तजनलाई महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले आग्रह गरेका छन् ।

‘जेठ २४ गते भव्य कार्यक्रमका साथ २१ करोड दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ’ बालयोगेश्वरले भने, ‘यो महान कार्यमा ज्योति सहित आफुलाई पनि समायित गर्न म सम्पूर्ण भक्तजनलाई आग्रह गर्दछु ।’

कोटिहोममा एक सय कुण्डमा प्रयोग भएका इँटा लैजान चाहनेले सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ । कोटिहोममा साधु सन्त, कथा व्यास तथा चर्चित कलाकारहरूको सहभागिताले महायज्ञ भक्तजनमय भएको छ । आज चर्चित लोक दोहोरी गायक खुमन अधिकारीको भजन प्रस्तुति रहने छ ।

यति वेला यातायात व्यवसायीले सार्वजनिक यातायातका साधन बन्द फिर्ता लिएसँगै आज भक्तजनको उपस्थिति झन् बढेको प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए । कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहेकी छन् । उनले जेठ २६ गते सम्म कथा वाचन गर्ने छिन् । कोटिहोममा आज पं दीप किशोर भट्टराई नारायण कृष्णले प्रवचन गरेका छन् ।

देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तले निकै रौनकता थपेको छ । अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेललगायत  साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्। कोटिहोममा रक्तदान जारी छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.