Nidan Media

‘जिम्मेवारीमा रहेकाहरूको आचरण सुधार गर्नुपर्ने हुनसक्छ, राजतन्त्र बहस विषय नै हुन सक्दैन’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले युवाहरूलाई राजतन्त्र र गणतन्त्र आएपछि देशमा भएको विकास सूचकाङ्क तुलना गरेर हेर्न आग्रह गरेका छन्। गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन । लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाएर मुलुकलाई प्रगतिको बाटोमा लैजान चाहेको बताए।

उनले भने, ‘निरङ्कुश राजतन्त्र र गणतन्त्र कुन उत्तम हो भन्ने हाम्रो समाजको आजको बहस होइन, र हुन सक्दैन। राज्यका अङ्ग र अन्य क्षेत्रमा समेत जिम्मेवारीमा रहेका व्यक्तिहरूको आचरण र व्यवहारमा सुधार गर्नुपर्ने अझै धेरै कुरा हुनसक्छ।’

उनले गरिबी बेरोजगारी र भ्रष्टाचार अहिलेको राष्ट्रको चुनौती बनिरहेको बताए। लोकतान्त्रिक माध्यमबाट चुनाव गरेर एउटा इमानदार राजनीतिक शक्ति छानेर मात्रै देश निर्माण गर्न सकिने बताए। उनले राजतन्त्र हुँदा मुकुटको आडमा जनतालाई सेवा नभई शासन गरिएको दाबी गरे।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.