लोकप्रिय सर्जक प्रल्हाद सुवेदीको नयाँ गीत ऐना सिसाको सार्वजनिक भएको छ ।
नेपाली मौलिक लोक संगीतमा दर्जनौ ‘हिट’ गीत दिइसकेका लोकप्रिय गायक वसन्त थापा र सुवेदी सहकार्यको नयाँ गीत म्युजिक भिडियो मंगलबार प्रल्हाद सुवेदीको युट्युव च्यानलमा सार्वजनिक गरिएको हो । प्रल्हाद सुवेदीको शब्द, संगीत रहेको गितमा वसन्त थापा र दिपिका बयम्बु मगरको आवाज रहेको छ । कृष्ण केसीले एरेन्ज गरेको गितलाइ श्यामश्वेत रसाइलीले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।
भिडियोमा गायक बसन्त थापा र लक्ष्मी थापाको जोडीलाइ देख्न सकिन्छ। चर्चित मौलिक गीत ‘मयाली’मा एकसाथ अभिनय गरेका वसन्त र लक्ष्मी,सँगै प्रल्हाद सुवेदी र दयाराम पौडेल पनि देखिएका छन् । भिडियो छायाङ्कन गरिएको लेक तथा गुँरासको फुलले दर्शकको मन तान्छ ।
एकिन्द्र शारासंकरको निर्देशन तथा नृत्य निर्देशनमा तयार भएको भिडियोलाइ करन चैसिरले खिचेका हून् भने अमृत चापागाइले सम्पादन गरेका छन । प्रलाह्द सुबेदीले यस भन्दा अघि तिम्रो आँखैमा, जलजला, तिम्रो बन्नलाई हो, माया हासेको लगायतका गितहरु बजारमा ल्याएका छन् ।