Nidan Media

विवाह खर्च कटाएर वडाध्यक्षले स्थापना गरे ‘एनिमल सेल्टर’

धनगढी उपमहानगरपालिका–५ का वडाध्यक्ष गजेन्द्र शाहीले बेवारिसे कुकुर तथा चराहरूको उद्धारका लागि ‘एनिमल सेल्टर’ स्थापना गरेका छन्। आफ्नै विवाहको खर्च कटौती गरेर सामाजिक कार्यमा उदाहरणीय योगदान दिँदै शाहीले पशुप्रेमको अनुपम मिसाल प्रस्तुत गरेका हुन्।

शाहीले उपमहानगरपालिका–५ मा निर्माण गरिएको सेल्टरमा बेवारिसे कुकुरहरूका लागि छाना, खाना र उपचारको व्यवस्था गरिएको जानकारी दिए। उनले भने, “भर्खरै मेरो विवाह कार्यक्रम सम्पन्न भयो। विवाहको खर्च कटाएर बेवारिसे कुकुरको उद्धारका लागि यो सेल्टर स्थापना गरिएको हो।”

उनका अनुसार एनिमल सेल्टरमा बेवारिसे जनावरहरूलाई सुरक्षित आश्रय दिइनेछ र उनीहरूको स्वास्थ्य उपचारको व्यवस्था पनि गरिनेछ। धार्मिक र सामाजिक हिसाबले कुकुर मानवसँग नजिकको र इमानदार जनावर भएको उल्लेख गर्दै उनले कुकुरको संरक्षण गर्नु आफ्नो कर्तव्य भएको बताए।

सेल्टरमा कुकुर मात्र नभई चराहरूका लागि पनि विशिष्ट आश्रयस्थल निर्माण गरिएको छ। यो कार्य पशुप्रेमी समुदायका लागि प्रेरणाको स्रोत बनेको छ।

स्थानीय बासिन्दाहरूले शाहीको यस पहलको प्रशंसा गरेका छन्। जनप्रतिनिधिले व्यक्तिगत खर्च कटाएर सामाजिक हितमा यस्तो काम गर्नु दुर्लभ भएको भन्दै धेरैले सामाजिक सञ्जालमा उनको कार्यको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्।

download.jpeg

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.