Nidan Media

जनमतकी प्रदेश सभा सदस्यको राजीनामा, भनिन् : जनताको करबाट पारिश्रमिक लिन उपयुक्त लागेन

डा. सीके राउत नेतृत्वको जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । जनमतकी समानुपातिक सांसद गुरुङले प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरलाई राजीनामा पत्र पठाएकी हुन् ।

जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नरहेको निष्कर्षसहित सांसद पदबाट राजीनामा दिएको विवरण गुरुङले पत्रमा उल्लेख गरेकी छन् । ‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन’, उनले भनेकी छन्, ‘तसर्थ, आजैका मितिबाट पदमुक्त हुन राजीनामा पेश गर्दछु ।’

जनमत पार्टीले पनि सांसद गुरुङको राजीनामा स्वीकृत गरिदिन सभामुखलाई अनुरोध गरिसकेको छ । उनले राजीनामा दिएपछि अब जनमतबाट समानुपातिक सूचीका अर्का उम्मेदवारले अवसर पाउनेछन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.