Nidan Media

१४ सदस्य गुमाएका पाकिस्तानी आतंकवादीले भने, ‘न मलाई पछुतो छ, न निराश नै छु’

इस्लामवाद( जैश ए मोहम्मदका प्रमुख र घोषित अन्तर्राष्ट्रिय आतंकवादी मौलाना मसूद अजहरले ‘अपरेशन सिन्दुर’को हमलाका बारेमा बोलेका छन् ।

काश्मिरको पहलगाम आतंकवादी हमलाको बदला लिन भारतले ‘अपरेशन सिन्दूर’ अन्तर्गत गरेको लक्षित हवाई हमलामा आफ्नो परिवारका १० सदस्य र उनका चार सहयोगी मारिए पछि उनले मुख खोलेका हुन् ।

बहावलपुरको जामिया मस्जिद सुभान अल्लाहमा जैश ए मोहम्मदको मुख्यालयमा भएको आक्रमणमा मारिनेहरूमा उनको जेठी बहिनी, बहिनीका पति, एक भतिजा र उनकी श्रीमती, एक भान्जी र परिवारका पाँच छोरा छोरीहरू समावेश थिए भनेर अजहरले जानकारी दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

 

मे ७ को रातमा भारतले गरेको ‘अपरेशन सिन्दूर’ पछि परिवारका १४ सदस्य गुमाएका अजहरले आफूलाई कुनै पछुतो र निराशा पनि नरहेको प्रारम्भिक प्रतिक्रिया दिएका छन । उनले भने, “बरु मेरो मनमा बारम्बार यही विचार आउँछ कि म पनि चौध सदस्यको यो खुसी कारवाँमा म किन सामेल हुन सकिन,” अन्तर्राष्ट्रिय आतंकवादीले भने, ‘उनीहरूको जाने समय आएको थियो, जानु भयो तर भगवानले उनीहरूलाई कहिल्यै मार्नु हुन्न।’ उनले भने कि मारिएकाहरू अल्लाहका पाहुना बनेका छन्।

५६ वर्षीय मसूद अजहर संयुक्त राष्ट्र सुरक्षा परिषद्द्वारा अन्तर्राष्ट्रिय आतंकवादीको सूचीमा रहेका छन । भारतमा धेरै आतंकवादी हमलाको योजनामा ​​संलग्न रहेको उनी माथी आरोप छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.