Skip to content

कोटिहोम विराट ज्ञान महायज्ञको एक सय हवनकुण्डमा हवन सुरु

पोखरा, १९ वैशाख । पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विधिपूर्वक हवन सुरु गरिएको छ ।

महायज्ञको यज्ञ मण्डपमा निर्माण गरिएको एक सय  हवन कुण्डमा शुक्रवार देखि हवन सुरु गरिएको हो ।  बिहान ६ बजेर ४५ मिनेटमा विधिवत् रूपमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेश गराउने, ७ बजेर १९ मिनेटमा अग्निमा समिधा दान र ८ बजेर ५ मिनेटमा अग्नि कुण्डमा आहुति प्रदान गरी हवन कुण्डमा हवन सुरु भएको हो । हवन कार्य जेठ २६ गते सम्म चल्ने छ ।

हवन कुण्डको मूल मण्डपमा व्रामणहरुको पुजा विधिबाट महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजी तथा उनका  बुबा मनि राम भण्डारी र आमा जानका भण्डारीले विधिवत् रूपमा अग्नि मन्थन, अग्निमा समिधा दान र अग्नि कुण्डमा आहुति प्रदान गरी हवन सुरु भएको हो ।

‘यो ऐतिहासिक महायज्ञको मुख्य कार्यक्रम एकै ठाउँमा एक सय वटा हवन कुण्डमा हवन प्रारम्भ भएको छ’ महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजी भने, ‘ परोपकारले धर्म बढ्छ, सेवा भावले जीवन पवित्र हुन्छ, त्यसैले आउनुहोस् यो विशाल महायज्ञमा।’

उनले वृहत् धार्मिक कार्यक्रममा दान दक्षिणा, अन्नजल वा श्रमदान गरेर आत्माकल्याण तथा समाजसेवामा टेवा पु¥याउन आग्रह गरे ।
मानव सेवा फाउन्डेसन नेपालको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर र केही स्थानीयको जग्गामा सञ्चालन भएको उक्त कोटिहोममा देशभर बाट ४ सय बढी ब्राह्मण जम्मा भएर हवन गर्दै छन् ।

यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार १ सय वटा हवन कुण्डमा ३÷३ जना ब्राह्मणले कोटी होममा दिन दिनै भगवती गायत्री मन्त्र विधिबाट हवन गर्नेछन् ।

कोटी होममा १०८ भागवत महापुराण पाठ परायण, ४ वेद पाठ परायण, सप्त चण्डी, अति रुद्री, मन्त्र जप लगायतमा ब्राह्मणले पाठ गर्ने छन् ।

हवन कुण्डको मूल मण्डपमा महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीका बुबा मनि राम भण्डारी र आमा जानका भण्डारी रहने छन् । भने अरू मण्डपमा ३÷३ जना ब्राह्मणले नृत्य हवन गर्ने छन् ।

यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार होमन बिहान ८ बजेबाट सुरु भई ११ बजे सम्म चल्ने छ भने ११ बजे देखि १ बजेर १५ मिनेट सम्म विश्राम भई पुन ४ बजे सम्म हवन कार्य हुने छ ।

जेठ २६ गते सोमबार कोटिहोम महायज्ञको विधिवत् पुणांहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
उक्त हवन कुण्डमा इच्छुक व्यक्ति कर्ता बस्न सक्ने व्यवस्था पनि रहेको मानव सेवा फाउन्डेसन नेपालका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

उनका अनुसार हवन कुण्डमा कर्ता बस्नका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको व्यवस्था गरिएको छ । हवन कुण्डमा बस्दा ब्राह्मण देखि चाहिने पुरै सामग्री आयोजकले नै व्यवस्था गर्ने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x