Skip to content

राउटे मुखिया सूर्यनारायणको मृत्यु

सुर्खेत– राउटे मुखिया सुर्यनारायण शाहीको मृत्यु भएको छ । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेको सुर्खेतको बराहताल गाउँपालिका–८ सुर्खेतको सोतखोलामा जंगलमा सोमबार राती सुर्यनारायणको मृत्यु भएको हो ।

सोमबार राती नै उनको अन्त्येष्टी गरिएको राउटे समुदायमा काम गर्दै आएका सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले बताए ।

अत्याधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको हो । राउटे समुदायका तीन जना मुखिया हुन्छन् । राउटे समुदायमा तीन गोत्र छन् । तीन गोत्रमध्ये उनी रास्कोटी गोत्रबाट मुखिया भएका हुन् । सूर्यनारायण २०६९ जेठमा मुखिया बनेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x