Nidan Media

ट्रम्पको दाबी : रुस र युक्रेन सम्झौताको धेरै नजिक

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन सम्झौताको धेरै नजिकु पुगेको दाबी गरेका छन्। आफ्ना विशेष दूत स्टिभ विटकफ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भेटवार्ता भएको केही घण्टापछि राष्ट्रपति ट्रम्पले उक्त दाबी गरेका हुन्।

पुटिनका सहयोगी युरी उशाकोभले पुटिन र स्टिभ विटकफबीचको वार्ता रचनात्मक र उपयोगी भएको बताएका छन्। यस विषयमा अमेरिकी राष्ट्रपति ट्रम्पले रुस र युक्रेनबीच शान्ति सम्झौतामा पुग्ने प्रयास सफलतापूर्वकु भइरहेको बताएका छन्।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार राति भिडिओ सम्बोधनमा भनेका छन्, ‘रुसलाई बिनासर्त युद्धविराम स्वीकार गराउन वास्तविक दबाब दिन आवश्यक छ।’ हालै पुटिनले पनि जेलेन्स्कीसँग वार्ता गर्न तयार रहेको संकेत गरेका थिए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.