Skip to content

सरकारी उपसचिव हुूँ भनी ठगी गर्ने महिला पक्राउ

काठमाडौं, ९ वैशाख। नेपाल सरकारको उपसचिव हुँ भन्दै विभिन्न व्यक्तिलाई प्रलोभन देखाएर ठगी गर्ने एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्ने महिला दैलेख घर भई हाल ललितपुर महानगरपालिका–२५ मा बसोबास गर्दै आएकी ४० वर्षीया जानकी न्यौपाने हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु८बाट खटिएको प्रहरी टोलीले उनलाई ८काठमाडौं महानगरपालिका–११, त्रिपुरेश्वर क्षेत्रबाट पक्राउ गरेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, जानकीले कहिले आफू कानून मन्त्रालयको उपसचिव, कहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारी भनी फरक–फरक परिचय दिँदै विभिन्न व्यक्तिहरूलाई ठगी गरेकी थिइन्।

उनले पीडितहरूलाई विमानस्थलको ठेक्का दिलाइदिने, अनुदानको व्यवस्था मिलाइदिने जस्ता आश्वासन दिँदै नगद संकलन गर्दै आएकी थिइन्। प्रहरीले प्रारम्भिक रूपमा उनका गतिविधिबाट कम्तीमा ७ लाख ६० हजार ८ सय रुपैयाँ ठगी भएको जनाएको छ। साथै, अन्य दुई जना पीडितहरूबाट समेत विभिन्न शीर्षकमा रकम असुली गरेको खुल्न आएको छ।

प्रहरीले उनलाई ठगीसम्बन्धी कसूर८मा आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि ८जिल्ला प्रहरी परिसर, ललितपुर पठाएको जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x