Nidan Media

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, ९ वैशाख । वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाएर रसिया पठाइदिन्छु भनी चार जना व्यक्तिबाट ठगी गर्ने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति ललितपुरको महालक्ष्मी नगरपालिका–४ बस्ने बारा, जीतपुरसिमरा उपमहानगरपालिका–१६ घर भएका २७ वर्षीय उमेश भोलोन हुन्।

पीडितहरूबाट प्राप्त उजुरीअनुसार, भोलोनले रसिया पठाइदिने भन्दै ३ लाख ४० हजार रुपैयाँ असुलेर पछिल्लो समयमा सम्पर्कविहीन भएका थिए। यस घटनाबारे पीडितहरूले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु मा उजुरी दिएका थिए।

उक्त उजुरीको आधारमा खटिएको प्रहरी टोलीले सोमबार उमेशलाई काठमाडौं महानगरपालिका–१२, टेकु बाट पक्राउ गर्न सफल भएको हो।

पक्राउ परेका भोलोनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले यस्ता किसिमका ठगी कार्यबाट सावधान रहन सर्वसाधारणलाई आग्रह गर्दै, वैदेशिक रोजगारीमा जाने प्रक्रियामा विश्वासिलो संस्था तथा सरकारी निकायको माध्यमबाट मात्र जान अनुरोध गरेको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.