Nidan Media

भारतमा पक्राउ परे दुर्गा प्रसाईं, नेपाल ल्याउने तयारीमा प्रहरी

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार उनलाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल ल्याउने तयारी भइरहेको छ।

तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीले रोकेको बेरिकेड तोड्दै गाडी प्रहरीमाथि चलाएका थिए। त्यसलगत्तै उनी सम्पर्कविहीन बनेका थिए। प्रहरीले घटनापछि उनलाई फरार सूचीमा राखेर खोजी तीव्र पारेको थियो।

यद्यपि, प्रसाईंले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै आफू लुकेर बसेको नभई सार्वजनिक रूपमा नै रहेको दाबी गर्दै आएका थिए। तर, उनको अवस्थिति पहिचान गर्न नसकेको भन्दै प्रहरीले आलोचना पनि खेप्नु परेको थियो।

प्रदर्शनको क्रममा भएको हिंसा र अराजक क्रियाकलापले दुई जनाको मृत्यु भएको थियो भने सार्वजनिक तथा निजी सम्पत्तिमा व्यापक तोडफोड र आगजनी गरिएको थियो।

प्रहरीले अब प्रसाईंलाई पक्राउपछि कानुनी दायरामा ल्याई आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.