Skip to content

सातौं रुपा मेला चौत २२ देखी

पोखरा । रुपा युवा क्लबको आयोजनमा ३२ पोखरा रुपातालको छेउमा सातौं रुपा सिष्ठेनी मेला हुने भएको । करिब ६ सय वर्ष अघिदेखी सुरु भएको सिष्ठेनी मेला २०८१ साल चैत २२ गतेदेखि ८२ साल वैशाख २ गतेसम्म हुने भएको रुपा युवा क्लबका अध्यक्ष नमराज खड्काले जानकारी दिए ।

मेलामा लोक दोहोरी, रत्यौली प्रतियोगिता, भलिबल प्रतियोगिता, कृषी प्रद्र्धशनी, विभिन्न झाकीहरुको सहभागीता, फूड फेस्टिवल, जैविक विविधता प्रदर्शनी, रुपातालको माछा प्रदर्शनी, पर्प कन्सर्ट, बाल उद्यान लगायतका कार्याक्रमहरु हुने खड्काले जानकारी दिए ।

महिला पुुरुष रस्साकसी प्रतियोगिता, छेलो प्रतियोगिता, साहित्य कला, संस्कृति धर्मको जागरण गर्ने, रुपाताल वरीपरी क्षेत्रको लागी विकासको पहल गर्ने, आन्तरिक र बाहय पर्यटन प्रवद्धर्न गर्ने लगायतको उद्देश्यले मेलाको आयोजना गरिएको क्लबका संस्थापक अध्यक्ष धिरजकुमार श्रेष्ठले जानकारी दिए ।

मेलाको लागी करिब ३५ लाख खर्च लाग्ने अनुमान गरिएको छ भने करिब २ लाख बचत गरिने अनुमान गरिएको छ । १ सय १५ स्टल रहने करिब १ लाख दर्शकले मेलाको अवलोकन गर्ने अनुमान गरिएको प्रायोजन व्यवस्थापन समितिका संयोजक बसन्त जोसीले बताए ।

६ सय वर्ष अघि देखी लगाउदै आएको मेला २०४० सालको दशकमा आएर विभिन्न कारणले रोकिएको सल्लाहाकार उपसमिति संयोज कुलप्रसाद अधिकारीले जनाकारी दिए ।

मेला सम्पन्न गर्नको लागी विभिन्न उपसमितिहरु गठन गरिएको छ । प्रचार प्रसार उपसमितिको संयोजकमा हरि सुबेदी, सचिवालय संचालन तथा खेलाडी व्यवस्थापन उपसमितिको संयोजकमा सन्तोष सुनार, खानेपानी व्यवस्थापन उपसमितिको संयोजक भक्त बहादुर खड्का, सुरक्षा उपसमिति संयोजकमा सुवास मिजार, मञ्च व्यवस्थापन तथा साउन्ड सिस्टम उपसमिति संयोजकमा वर्मा सुनार, मुख्य प्रवेशद्धार व्यवस्थापन उपसमितिको संयोजकमा ईश्वर श्रेष्ठ, प्राथाकिक उपचार उपसमितिमा नारायण केसी, अनुगमन उप समितिको संयोजक मोहनलाल जोशी, खेलकुद व्यवस्थापन उपसमिति संयोजक कृष्णलाल जोशी रहेका छन् ।

मेलामा प्रवेश शुल्क एक सय लाग्ने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x