Nidan Media

कुलमान र हितेन्द्रको रिटमाथि सकिएन सुनुवाइ, अन्तिम टुंगो बुधबारपछि

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य को रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भए पनि अन्तिम निर्णय हुन सकेको छैन। मंगलबार भएको सुनुवाइ नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दैमा’ राखिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेय को इजलासमा मंगलबार दुवै पक्षको सुनुवाइ भएको थियो। सो अवसरमा कुलमान घिसिङको पक्षबाट वरिष्ठ अधिवक्ताहरू दिनमणि पोखरेल, माधव बस्नेत लगायतले बहस गरेका थिए। तर, हितेन्द्रदेव शाक्यको तर्फबाट भने बहस हुन बाँकी रहेकाले मुद्दा थप प्रक्रियाका लागि ‘हेर्दाहेर्दैमा’ राखिएको हो।

यसअघि आइतबार पनि यी मुद्दाहरूको सुनुवाइका लागि पेशी तोकिएको थियो, तर कार्यसूचीमा परे पनि सुनुवाइ हुन सकेको थिएन। अब बिहीबार हितेन्द्रदेव शाक्यको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दी लगायतका कानुन व्यवसायीले बहस गर्नेछन्। साथै, सरकारी पक्षबाट महान्यायाधिवक्ता रमेश वडाल सहितका कानुन व्यवसायीले आफ्नो तर्क प्रस्तुत गर्ने कार्यक्रम छ।

बुधबारको बहसपछि सर्वोच्च अदालतले अन्तरिम आदेश दिने वा नदिने विषयमा निर्णय गर्ने बताइएको छ। हालसम्म भएको कानुनी बहसका आधारमा अदालतले अन्तरिम आदेश जारी नगर्ने सम्भावना बलियो देखिएको कानुनी जानकारहरूको विश्लेषण छ।

अब बुधबारको बहसपछि मात्र सर्वोच्च अदालतको अन्तिम धारणा सार्वजनिक हुनेछ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.