यति बेला सामाजिक सन्जालमा ‘‘आउनिलाई स्वागत जानिलाई बाईबाई छ’’ गित भाइरल भएको छ । निर्देशक, कोरियोग्राफर तथा गायिका स्मृति तिमल्सिना (गुरुआमा)को पछिलो गित आउनिलाइ स्वागत जानिलाई बाइ बाइ छ । बोलको गित आफ्नै युटुब च्यानलबाट दुई दिन अघि प्रसारण भएको छ । यो गितलाइ चर्चित गायक खेम सेन्चुरी र गायिका देवि घर्ती मगरले स्वर दिएका छन ।
गितमा लय शब्द रमेश परियारको र बिश्वास नेपालको सङ्गीत सम्योजन भएको गितलाई मिक्सिङ मास्टरिङ बिनोद परियारले गरेका छन् ।
गितको भिडियोमा ओबी रायमाझी र जुना बिस्वकर्माको अभिनय रहेको छ । राजेश घिमिरेले छायांकन गरेको भिडियोमा नवीन घर्ती मगरले सम्पादन गरेका छन । भिडियो निर्देशन तथा नृत्य निर्देशन स्मृति तिमल्सिनाले गरिकी छन । हामीले यो समाचार तयार पार्दा सम्म गितलाइ एक लाख भन्दा बढी पटक हेरिएको छ भने टिकटक पचासौ हजार बनिसकेका छन ।
स्मृति तिमल्सिनाले यस भन्दा अघि आशुको कारखाना , आशुको शहर , बन्की चरी , घडी, अभाव, माकुरी, दिदी भाइ, लाइदेउ कृष्ण पार जस्ता सयौ गितहरु निर्देशन गरिसकेकी छिन ।