Nidan Media

दुर्गा प्रसाईं अझै फरार, प्रहरीले जारी राख्यो खोजी अभियान

राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईं अझै पक्राउ परेका छैनन्। प्रहरीले शुक्रबार साँझदेखि नै खोजी कार्य तीव्र बनाए पनि उनलाई पक्राउ गर्न सकेको छैन।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार प्रसाईंको खोजीमा विशेष टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त प्रयासमा उनलाई पक्रने प्रयास जारी छ उनले भने ।

सामाजिक सञ्जाल फेसबुकमा प्रहरीले बोलाएमा उपस्थित हुने बताएका प्रसाईं अहिले मोबाइल स्वीचअफ गरेर फरार रहेको बताइएको छ।

यसैबीच, राजावादी आन्दोलनसँग जोडिएका अन्य केही नेताहरू भने पक्राउ परिसकेका छन्। राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर जबरा तथा स्वागत नेपाल शुक्रबार काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन्।

त्यस्तै, राजसंस्था पुनःस्थापना संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्दमा राखेको छ।

यस घटनाले नेपालमा राजावादी आन्दोलन र राज्यको प्रतिक्रियासम्बन्धी बहसलाई थप तातेको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.