Nidan Media

प्रधानमन्त्री ओलीद्वारा सुरक्षा प्रमुखहरूसँग छलफल, राजावादी प्रदर्शनमा दुईको मृत्यु

शुक्रबार राति मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्।

राजावादी समूहको प्रदर्शन हिंसात्मक भएपछि उत्पन्न परिस्थितिबारे उनले सुरक्षा अधिकारीहरूसँग जानकारी लिएका हुन्। छलफलमा गृहमन्त्री रमेश लेखक, प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरी प्रमुख दिपक थापा, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा सहभागी थिए।

सुरक्षा अधिकारीहरूले प्रदर्शनकारीहरूले प्रहरीलाई उक्साउने गतिविधि गरेको र नियन्त्रणका क्रममा दुई जनाको मृत्यु भएको जानकारी गराएका छन्। मृतकमध्ये एक जनाको गोली लागेर र अर्का पत्रकारको निरन्तर ढुंगा प्रहारबाट ज्यान गएको बताइएको छ।

घटनामा २२ जना घाइते भएका छन्। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.