Nidan Media

मन्त्री प्रकाशमानमाथि खनिए मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई आक्रोशित गर्दै सामाजिक सञ्जालमा एक पोस्ट लेखेका छन् । यस क्रममा उनले वडाअध्यक्षहरूले कार्यपालिका बैठकको माग गरेको र त्यसको प्रतिक्रियामा बालेनले सिंहमाथि आलोचना गरेका हुन् ।

आइतबार, कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरूले बालेनलाई कार्यपालिका बैठकको आव्हान गर्दै निवेदन दिएका थिए । यसमा असन्तुष्ट बालेनले सिंहलाई लक्षित गर्दै आफ्नो फेसबुकमा लेखेका छन्, ‘अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयासहरू सधैँ कुरा मात्र रहे। कहिले गर्ने हो?’ उनले अगाडि थपेका छन्, ‘मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र र देश नहराउनुहोस्। गणेशमान सिंह, पी.एल. सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनुहोस्।’

उनले आफ्नो पोस्टमा आगामी दिनहरूमा नेपालका शहरी विकास योजनामा प्रमुख चुनौतीहरूको सामना गर्नुपर्ने भन्दै, सिंहको भूमिकामा कडा आलोचना गरेका छन् ।
बालेनको यस आलोचनाले काठमाडौंको शहरी विकास र सार्वजनिक कार्यहरूमा भएको प्रगति र ढिलाइको प्रश्न उठाएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.