Nidan Media

फिल्म ‘पिताम्बरको ‘म हो पिताम्बर’ लेखिएको पोस्टर सार्वजनिक

नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’ को टिम यतिबेला फिल्मको आक्रामक प्रचारप्रसारमा व्यस्त छ । फिल्मको फस्टलुक, टिजर र गीतले फिल्मको हाइप बढाइरहँदा यतिबेला आम दर्शक र फिल्मकर्मीमा ‘पिताम्बर को हो ?’ भन्ने चासो उत्तिकै बढाएको छ ।

निर्माण पक्षले फिल्मका प्रमुख कलाकारको सोलो फोटोसहित ‘म हो पिताम्बर’ लेखेको पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेको छ । निर्माण टिमले फिल्मका कलाकारहरु प्रमोद अग्रहरि, सौगात मल्ल, दयाहाङ राईको छुट्टा छुट्टै सोलो तस्वीर राखेर ‘म हो पिताम्बर’ लेखिएको पोस्टर सार्वजनिक गरिरहेपछि दर्शकमा थप कौतुहलता पैदा गरेको छ ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा कृषा चौलागाईको निर्देशन छ । फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।

फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन् ।
फिल्ममा विशाल चौलागाईं निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता छन् । फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.