Nidan Media

वरिष्ठ पत्रकार बस्नेतको पार्थिव शरीरमा पार्टीको झन्डा, अन्त्येष्टिको तयारी

वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको ७९ वर्षको उमेरमा निधन भएको छ। हृदयाघातका कारण आज बिहान काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको निधन भएको हो ।
गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समितिको पूर्वअध्यक्ष समेत रहेका बस्नेतप्रति कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहसहितका नेताहरुले श्रद्धाञ्जली दिए । शनिबार कांग्रेस पूर्वमहामन्त्री सिंह, उपसभापति धनराज गुरुङसहितका नेताले पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली दिएका हुन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि अस्पताल भर्ना गरिएको थियो।
उनको अन्त्येष्टि शनिबार दिउसो नै पशुपतिस्थित आर्यघाटमा गरिने भएको छ । बस्नेतका श्रीमती, एक छोरा र एक छोरी छन् । बस्नेत नेपाली कांग्रेसमा रहेर विभिन्न चरणका आन्दोलनहरुमा सहभागिता जनाएका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.