Nidan Media

कांग्रेसका प्रमुख सचेतकले मागे माफी

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसदमा माफी मागेका छन्।

केही दिन अघि संसदमा नै नेपालमा यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएका घिमिरेले ब्यापक आलोचनापछि आज संसदमा क्षमा याचना गरेका हुन्।

जारी प्रतिनिधिसभा बैठकमा घिमिरेले आफ्नो अभिव्यक्तिले पर्न गएको नकारात्मक असरप्रति क्षमा याचना गरेको जनाएका हुन्। उनलाइ सामाजिक सञ्जाल देखी हिजो पार्टी पदाधिकारीको बैठकमा पनि सो अभिब्यक्तिलाइ लिएर आलोचना गरिएको थियो।

गत चैत ३ गतेको प्रतिनिधिसभा बैठकमा नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्ति ब्यक्ति भएको भन्दै यसमा पार्टी र संसदीय दलको आधिकारिक धारणा नभएको पनि प्रस्टाएका छन्।

‘चैत ३ गते विशेष समयमा मैले अभिव्यक्त गरेको धारणा पार्टी र कांग्रेस संसदीय दलको आधिकारिक धारणा होइन। यी विचारले संसद्का सदस्यहरू अन्य जनसमुदायमा समेत नकारात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै उहाँहरूसँग क्षमा याचना गर्न चाहन्छु’, घिमिरेले संसदमा भने।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.