Nidan Media

महोत्तरीमा १० वर्षीया बालिकालाई बलात्कार आरोपमा सशस्त्र प्रहरी नायब निरीक्षक पक्राउ

महोत्तरीको रेल्वे स्टेशनस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सई) धर्मेन्द्र महतो बलात्कार आरोपमा पक्राउ परेका छन्।

महोत्तरीका प्रहरी प्रमुख (एसपी) नकुल पोखरेलका अनुसार महतोले १० वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप लागेको छ। मर्निङ वाकका क्रममा महतोले बालिकासँग अभद्र व्यवहार गर्दै अश्लील शब्द प्रयोग गरेको भन्दै बालिकाका अभिभावकले सोधपुछ गर्न सशस्त्र प्रहरी बेस क्याम्पमा पुगेका थिए।

बेस क्याम्पमा विवाद चर्किंदै गएपछि स्थानीयले नाराबाजी गर्दै आरोपितमाथि कारबाहीको मागसहित प्रहरी पोस्ट घेराउ गरेका थिए। स्थिति नियन्त्रणबाहिर जान नदिन सशस्त्र प्रहरीले नै महतोलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, महोत्तरीलाई बुझाएको छ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीयबासीले दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.