Nidan Media

होलीको शुभकामना दिंदै अध्यक्ष दाहालले भने : होलीले सबै वर्ग, जाति, भूगोल र सांस्कृतिक अन्तर्घुलनको प्रतिनिधित्व गर्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले होलीको शुभकामना दिएका छन्। उनले होलीको शुभकामना दिंदै होलीले सबै वर्ग, जाति, भूगोल र सांस्कृतिक अन्तर्घुलनको प्रतिनिधित्व गर्ने बताएका छन्।

‘आज पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा भोलि दोस्रो दिन तराई–मधेशमा हर्षोल्लासका साथ मनाइने फागु पूर्णिमा (होली पर्व) २०८१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’, अध्यक्ष दाहालले भने, ‘ रङ्हरूको पर्वका रूपमा स्थापित होली पर्व त्यस्तो पर्व हो, जसले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तर्घुलनलाई प्रतिनिधित्व गर्दछ ।’

अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान नेपालीको साझा पहिचान भएको उनले बताएका छन् । यहाँका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू रहेको बताउँदै ती चाडपर्वहरूले समुदायबीच सद्भाव बढाउने उनले उल्लेख गरेका छन् ।

होलीजस्तो पर्वले समुदायलाई एकताबद्ध गर्न सघाउने उनको भनाइ छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.