Nidan Media

अनलाइन टिभी पत्रकार संघद्वारा पत्रकारको प्रेस पास निलम्बनप्रति आपत्ति

 अनलाइन टिभी पत्रकार संघले पत्रकारद्वय किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद सचिवालयद्वारा एक महिनाका लागि प्रेस पास निलम्बन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।

संघले प्रेस विज्ञप्ति जारी गर्दै प्रश्न सोध्ने अधिकार लोकतान्त्रिक प्रणालीको आधारभूत अधिकार भएको र त्यसलाई निषेध गर्नु प्रेस स्वतन्त्रताको ठाडो उल्लङ्घन भएको जनाएको छ।

प्रश्न प्रायः कडा, तितो र असह्य हुन सक्छ। प्रश्न सोध्ने अधिकार निषेध गर्नु तानाशाही प्रवृत्ति हो। लोकतन्त्रमा प्रेसलाई सधैँ खुला गरिन्छ। उक्त निर्णय तत्काल फिर्ता लिन माग गर्दछौं, महासचिव पवन फुयालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

संघले यदि निर्णय फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।

संसद सचिवालयले भने पत्रकारद्वयको आचरण संसदको मर्यादाविपरीत भएको भन्दै निलम्बन गरिएको दाबी गरेको छ।

WhatsApp Image 2025-03-05 at 14.16.28_7c443482.jpg

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.