Nidan Media

कोहलपुरको अतिक्रमित जग्गा फिर्ता ल्याउँछु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकेको कोहलपुर नगरपालिका–११ को अतिक्रमित जग्गा फिर्ता ल्याउने प्रतिबद्धता जनाएका छन् ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ स्थित कोहलपुर नगर विकास समितिको क्रिकेट मैदान आसपासको करिब २८ विगाह क्षेत्र लामो समयदेखि अतिक्रमित छ ।

संघीय सांसद् सूर्यप्रसाद ढकाल, कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्यसहित बाँकेका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिले आइतबार प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटेर जग्गा फिर्ता गराइदिन आग्रह गरेका थिए । सोही क्रममा प्रधानमन्त्रीले अतिक्रमित जग्गा फिर्ता ल्याउने प्रतिबद्धता जनाएका हुन् ।

जिल्लास्थित सर्वदलीय बैठक बसी अतिक्रमित जग्गामा बनेका घर टहरा हटाउन गरिएको आग्रहका आधारमा गृह मन्त्रालयबाट सूचना प्रकाशन भइसक्दा पनि अतिक्रमण गर्ने पक्षले घर टहरा नहटाएकाले उच्चस्तरीय पहल लिइदिन प्रधानमन्त्री ओलीलाई प्रतिनिधिमण्डलले माग गरेको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले कसैले पनि अवैध रूपमा राज्यको सम्पति अतिक्रमण र कुनै पनि अनियमता गर्न नपाउने स्पष्ट गर्दै सरकारले अतिक्रमित जग्गा फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गरे ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.