Nidan Media

संघीय संसदका दुबै सदनको बैठक बस्दै, के–के छन् कार्यसूची ?

संघीय संसदका दुबै सदनको बैठक आज (आइतबार) बस्दैछ । प्रतिनिधिसभाको बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परिक्षकको ६१ औं बार्षिक प्रतिबेदन, २०८१ पेस गर्ने तय भएको छ । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) विधेयक, २०८१’ फिर्ता लिन प्रस्ताव पेस गर्नेछन् । नेपाल नागरिकता (दोस्रो संसोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त बिरोधको सूचनालाई निर्णायार्थ पेस गरिने भएको छ ।

आजको बैठकमा गृह मन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संसोधन) बिधेयक, २०८१’, नेपाल प्रहरी विधेयक २०८१ लाइ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, प्रस्ताव गर्ने, सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाइ प्रस्ताव गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ । उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसुर तथा समाज (दोस्रो संसोधन) विधेयक, २०८० माथी छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा प्रस्ताव गर्दैछन्।

विधायन विधेयक, २०८० सबन्धमा ‘कानुन, न्याय तथा मानवअधिकारी समितिको प्रतिबेदनको बिभिन्न बुँदाहरू र विधेयकका दफाहरूलाइ निर्णायार्थ पेस प्रस्तुत गरिनेछ भने भने कानून मन्त्री अजयकुमार चौरासियाले ‘विधान विधेयक, २०८१ लाइ पारित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जनाएका छन् । तर, सरकारले आजको बैठकमा पनि अध्यादेशलाई कार्यसूचीमा समावेश गरेको छैन् ।

यस्तै आजै राष्ट्रियसभाको पनि बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजे बस्नेछ । संघीय संसद सचिवालयका अनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’ सभा समक्ष पेस गर्नेछन ।

साथै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.