Nidan Media

रवि लामिछानेले भने – यो परिवर्तनको प्रसव पीडा हो, परिवर्तन जन्मिएरै छाड्छ

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने बैंक ग्यारेन्टी बुझाएर छुटेका छन्।

बिहीबार जिल्ला अदालत चितवनले लामिछानेसँग रु ५४ लाख धरौटी माग गर्ने आदेश दिएको थियो। उनले बैंक ग्यारेन्टी बुझाएपछि अदालतले उनलाई तारेखमा राख्ने निर्णय गरेको छ।

अदालतको आदेशमा भनिएको छ, “माग भएको धरौटी वा जमानत वा बैंक जमानत दिए निज प्रतिवादीलाई तारेखमा राख्नु। सो दिन नसके कानून बमोजिम थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिनु।”

अदालतमा लामिछानेले गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहेको र सो कम्पनीमा आफ्नो शेयर रहेको स्वीकार गरेका थिए। साथै, उनले प्रबन्ध निर्देशकको हैसियतले चेकमा हस्ताक्षर गरेको पनि स्वीकार गरेका छन्।

दुई दिनसम्म चलेको थुनछेक बहसपछि अदालतले बिहीबार उनलाई बैंक ग्यारेन्टी बुझाएर तारेखमा राख्ने आदेश दिएको हो।

रिहाइपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले न्यायपालिकामाथि विश्वास रहेको बताएका छन्। उनले भने, “हाम्रो चितवन देवभूमि हो। परिवर्तनका लागि चितवनले उद्घोष गरिसकेको छ। यो परिवर्तनको प्रसव पीडा हो, परिवर्तन जन्मिएरै छाड्छ।”

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.