Nidan Media

गगन थापाको टिप्पणी : सरकारको गति र मति दुबै ठीक हुनुपर्छ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको काम गर्ने तरिका सुधार गर्नुपर्ने बताएका छन्। पर्वत प्रदेश (ख) को प्रथम सम्मेलनमा बोल्दै उनले सरकारको कामको गति मात्र नभई मति पनि ठीक हुनुपर्ने बताए।

महामन्त्री थापाले भने, “मति र गति ठीक बनायौं भने परिणाम पनि ठीक आउँछ।” उनले सरकारले आफ्नो कामको गति बढाउनुपर्ने भन्दै समन्वयको अभावले समस्याहरु उत्पन्न भइरहेको टिप्पणी गरे।

उनका अनुसार, नेपाली कांग्रेस देशको जेष्ठ पार्टी भएकाले त्यसको भूमिका समाल्नुपर्ने छ। “नेपाल बन्दैछ र हामी बनाउँछौं भन्ने कांग्रेसको नारा हुनुपर्छ।” उनले निराशा फैलाउने होइन, आशा जगाउने काम कांग्रेसले गर्नुपर्ने धारणा राखे।

त्यसैगरी, उनले संघीय सन्तुलनका लागि संघका मन्त्रालयहरुको कटौती आवश्यक रहेको बताए। “संघको शहरी विकास मन्त्रालयले पाँच लाखका योजना बनाउने काम गर्न थाल्नु उचित होइन।” प्रदेशलाई बलियो बनाउन संघीय मन्त्रालयहरुको संख्यामा कटौती गर्नुपर्ने उनको भनाइ थियो।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.