Skip to content

६३ किलो लागूऔषध गाँज बरामद

६३ किलो लागूऔषध गाँजासहित बारामा प्रहरीले दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अमृतगन्ज खजानीबाट विशेष सूचनाको आधारमा खटिएको टोलीले बकतौरामा चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको हो ।
प्रहरीले ६३ किलो गाँजासहित आइतबार राति बागमती प्रदेश–०२०४१ प ५७३७ र ना. ६३ प ३९८८ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

उनका अनुसार सुवर्ण गाँउपालिका वडा नम्बर ३ बकतौराबाट भारततर्फ जाँदै गरेको अवस्थामा बरामद गरिएको हो । प्रहरीले चेकजाँच गर्ने क्रममा दुवै चालकहरु मेटरसाइकल छाडेर फरार भएको उनले जानकारी दिए ।

त्यसपछि दुबै मोटरसाईकलमा लोड रहेको समान खोलेर हेर्दा ६३ केजी गाँजा फेला परेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ । यस घटनाको विषयमा आवस्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जानकारी दिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x