Nidan Media

जापानको कान्तो र कोसिन क्षेत्रका पहाडी भूभागहरुमा ठूलो हिमपातकाे संभावना

फेब्रुअरी २ अर्थात  आइतबार जापानको कान्तो र कोसिन क्षेत्रका पहाडी भूभागहरुमा ठूलो हिमपात हुने अनुमान गरिएको छ। साथै, यस पटक,टोकियो महानगरका २३ वटै वडाहरु तथा समग्र कन्तो क्षेत्रमा पनि हिउँ जम्मा हुने मौसमी पूर्वानुमान गरिएको छ।

मौसम विज्ञान एजेन्सीका अनुसार यस पटक, कन्तो र कोसिन क्षेत्रका पर्वतीय स्थानहरूमा ठूलो हिमपात हुने सम्भावना छ। साथै, मध्य टोकियो र का न्तो दक्षिणी क्षेत्रमा पनि ३ सेन्टीमिटरसम्म हिउँ जम्न सक्छ।  यस क्षेत्र मा धैरे नेपाली समुदाय को पनि बसाई रहेकाले अग्रिम सतर्कता अपनाउनु उपयुक्त हुन्छ।

आज साँझदेखि भोली २ फेब्रुअरीको साँझसम्मको २४ घण्टामा, कोसिन क्षेत्रमा १० सेन्टीमिटर, तामा क्षेत्र र चिचिबु क्षेत्रमा ७ सेन्टीमिटर,टोकियो २३ वटै वडा र कान्तो दक्षिणी क्षेत्रमा ३ सेन्टीमिटर, का न्तो उत्तरी क्षेत्रमा १ सेन्टीमिटर हिउँ जम्ने अनुमान गरिएको छ।

यसैगरि ३ फेब्रुअरीको साँझसम्म, कोसिन क्षेत्रमा १० सेन्टीमिटर, तामा क्षेत्र र चिचिबु क्षेत्रमा ७ सेन्टीमिटर,कन्तो उत्तरी क्षेत्रमा ५ सेन्टीमिटर, का न्तो दक्षिणी क्षेत्रमा ३ सेन्टीमिटर हिमपातको सम्भावना छ।तर, हिमपातको समय र मात्रामा केही भिन्नता हुनसक्छ, त्यसैले मौसमको नयाँ अपडेटको आधारमा यात्रा गर्नु महत्त्वपूर्ण हुने बताईएको छ।

हिउँ जम्नाले सार्वजनिक यातायातमा असर पर्न सक्छ। यदि हिउँ नपरे पनि, सडकहरू जाम हुनसक्छ र यसले दुर्घटना र ढिलाईका कारण समस्याहरू सिर्जना गर्न सक्छ। यसैले, यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्।

अर्को सप्ताहको सुरूवातमा, जापानमा सबैभन्दा चिसो मौसमको सम्भावना रहेको छ। फेब्रुअरी ४ मा जापानमा धेरै चिसो हावा आउनुका कारण उत्तर र पश्चिमी क्षेत्रमा ठूलो हिमपात र खराब मौसमको अनुमान गरिएको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.