Nidan Media

आइसीसी यू–१९ महिला विश्वकप क्रिकेटमा नेपालले मलेसियालाई हरायो

काठमाडौं ।  आइसीसी यू–१९ महिला विश्वकप २०२५ अन्तर्गत प्लेअफको खेलमा कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शन नेपालले मलेसियामाथि सान्त्वना जित निकालेको छ ।

मलेसियामा जारी आइसिसी यु १९ महिला विश्वकपअन्तर्गत ‘प्लेअफ’ खेलमा नेपालले घरेलु टोलीलाई ७ विकेटले पराजित गरेको हो । मलेसियामा शुक्रवार भएको खेलमा पहिले ब्याटिङ गर्दै घरेलु टोलीले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा कप्तान पूजा महतोले अविजित २३ रनको इनिङ्स खेल्दा उनले मलेसियाको ४ विकेटसमेत लिएकी थिइन्। पूजाबाहेक अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले १६.५ ओभरमा अलआउट हुँदै ४५ रन मात्र जोड्न सक्यो। मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि कप्तान पूजाले ४, रचना चौधरीले ३ , रिया शर्मा र सिमाना केसीले समान १–१ विकेट लिए। नेपाल र मलेसिया आफ्नो समूहको सबै खेलमा पराजित भएका थिए।

नेपालले डेब्यु विश्वकपमा जितका साथ आफ्नो यात्रा समाप्त गरेको छ। अर्को संस्करणको विश्वकप २०२७ मा नेपालले घरेलु मैदानमा आयोजना गर्दै छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.