Nidan Media

रेलबाट हाम फाल्दा ३ नेपालीसहित १३ जनाको मृत्यु

भारतको महाराष्ट्रमा रेल दुर्घटनामा १३ जनाको मृत्यु भएको छ। ३ नेपालीसहित १० जना जना मृतकको सनाखत भइसकेको र ३ जनाको भने पहिचान हुन सकेको छैन। दुर्घटनामा १० जना यात्रु गम्भीर घाइते भएका छन् उनीहरुको उपचार भइरहेको छ।

उक्त दुर्घटनामा नेपालका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी, ४३ वर्षीया कमला नवीन भण्डारीको मृत्यु भएको जनाइएको छ। उनीहरु नेपालका कुन ठाउँका हुन् भन्ने जानकारी आएको छैन।

लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेस रेलमा आगो लागेको सूचना हल्ला फैलिएपछि जलगाव जिल्लामा भागदौड मच्चिएको र अर्को लिकमा आइरहेको रेलले किचेर उनीहरूको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

‘रेलको कुनै डिब्बामा आगो फैलिएको सूचनापछि उक्त रेल रोकिन पुगेको थियो। रोकिएपछि यात्रुहरू भागदौड गर्न थालेका थिए। त्यही बेला अर्को लिकमा आएको कर्नाटक एक्सप्रेसको रेलमा पर्दा उनीहरूको मृत्यु भएको  प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ।

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फढणवीसले घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले घाइतेहरूको उद्धार र स्वास्थ्य उपचारका निम्ति सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.