Nidan Media

नक्कली पेस्तोल देखाएर रकम असुल्ने पक्राउ

रौतहट : नक्कली पेस्तोल देखाएर रकम असुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

इशनाथ नगरपालिका वडा नम्बर-४ मठिया स्थित सीमा क्षेत्रका स्थानीयसँग  पेस्तोल देखाएर रकम असुली गरेको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोतीहारी ग्राम पञ्चायतका २० वर्षीय अब्दुल कलाम रहेको रौतहट प्रहरी निरीक्षक राम कुमार महतोले जानकारी दिए।

उनका अनुसार अब्दुलले नक्कली चाइनिज (पेस्तोल) खेलौना देखाएर सीमा क्षेत्रमा हिँडडुल गर्ने व्यक्तिलाई डर त्रास देखाइ रकम माग्ने गर्थे।

पक्राउ परेका अब्दुललाई म्याद थप  गरि अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.