Nidan Media

भीम रावलकाे पक्षमा देखिएका एमालेका दुई नेतालाई पार्टीबाट निष्कासनको सिफारिस

धनगढी- सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीसहित दुई जनालाई पार्टीबाट निष्कासन गर्न एमाले कैलालीले सिफारिस गरेको छ।

नेकपा एमाले कैलालीको जिल्ला सचिवालय बैठकले पूर्वमन्त्री सुवेदी र जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई पार्टीको संगठित सदस्यसमेत नरहनेगरी निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो।

एमाले कैलालीका उपसचिव तथा प्रचार विभाग प्रमुख चुडामणि भट्टले जिल्ला कमिटीका सदस्यसमेत रहेका भीष्मराज सुवेदीलाई जिम्मेवारीमुक्त गर्दै संगठित सदस्यबाट हटाउन केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरिएको बताए।

पूर्वमन्त्री सुवेदी पनि एमालेबाट निष्कासन गरिएका भीम रावलको गतिविधिमा संलग्न भएको पाइएपछि कारबाही गर्न सिफारिस गरिएको भट्टले बताए।

एमाले कैलालीले पार्टीको संगठित सदस्यबाटै हटाउन सिफारिस गरिएका दुवै जना बुवा–छोरा हुन्। उनीहरू एमालेमा भीम रावलनिकट मानिँदै आएका थिए। रावल कारबाहीमा परेपछि उनले चलाएको मातृभूमि जागरण अभियानमा दुवै जना सक्रिय देखिएका छन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.