Nidan Media

कास्की क्रिकेट संघभित्र विवाद, मर्कामा खेलाडी

सुरेशराज अधिकारी/पोखरा 
कास्की जिल्ला क्रिकेट संघ बेला बेलामा विवादमा आउने छ । संघको कारणले पनि खेलमा खेलाडी पनि बेला बेलामा मर्कामा परेको गुनासो पटकपटक सुनिदै आएको छ । यो पटक पनि कास्की जिल्ला क्रिकेट संघ विवादमा मुछिएको छ । संघका पदाधिकारीहरुको कारण संघ विवादमा परेको हो । संघ भित्र सल्लाह नगरी आफुखुसी कास्की जिल्ला क्रिकेट संघका सचिव विरेन पुनले दिलिप अग्रहरीमाथी कारवाही गरेको पत्र केन्द्रमा पठाउनु, प्रदेश खेलकुद परिषदबाट पुनलाइ बनाउने भन्दै लगेको कुर्सी फिर्ता नगर्नु, ल्यापटप किन्नको लागि भनेर लगेको पैसा फिर्ता नगर्नु लगायतको काम गरेको उनीमाथी गम्भीर आरोप लागेको छ ।

यो विवादको कारण पुन माथी २ पटक सम्म स्पस्टिकरण सोधिएको छ । तर पुनले पत्रको जवाफ फर्काएका छैनन् । पुन लगातर तीन वटा वैठकमा उपस्थित पनि भएका छैनन् । २ पटकको नै स्पष्टिकरणको उत्तर नदिएपछी कारवाही प्रकृया अघि बढेको स्रोतको दावी छ । स्रोतले भन्यो, ‘खेलकुद क्षेत्रमा खेलाडीको सानो गल्ती हुँदा जिन्दगी बिग्रने गरेर कारवाही हुन्छ, त्यही अनुशासन संघका पदाधिकारीमा पनि लागु हुनुपर्छ ।’

उक्त घटनापछी कास्की जिल्ला क्रिकेट संघका सचिव विरेन पुनले सचिवलाई नभनी बैठक बोलाएको आरोप लगाए । उनले संघको १ रुपैयाँ पनि दुरुपयोग नगरेको र ल्यापटप किन्ने भनेको पैसा संघमा सल्लाह गरेर कम्प्युटर किनेको दाबी गरे । क्रिकेट संघको विधानमा बसेर दिलीप अग्रहरीमाथी कारवाहीको लागि सिफारिस गरेको उनले सुनाए । विधान विपरीत बैठक बसेर आफुमाथी सोधेको स्पष्टिकरणको औचित्य नभएको उनको जिकिर छ । उनले स्पष्टिकरणको उत्तर क्रिकेट संघलाई दिइसकेको बताए ।

स्रोतका अनुसार पुनलाई कारवाहीको लागि अबको बैठकमा आधिकारीक निर्णय गरिने छ । केही समयको लागि निलम्बन गर्ने प्रकृया अघि बढेको स्रोतको भनाइ छ । यस विषयमा प्रश्न गर्दा कास्की क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले घुमाउरो तरिकाले स्वीकार गरे । उनले यस विषयमा आफु बोल्न नचाहेको बताए । उनले भने, ‘संघ भित्रको कुरा बाहिर आउनु ठीक हैन ।’

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.