Nidan Media

मैवाखोलाका अध्यक्ष वनेमले शैक्षिक क्षेत्रमा १२ करोड लगानी गर्दै

ताप्लेजुङ । भनिन्छ नि जहाँ ईच्छा, त्यहाँ उपाए । हो, ताप्लेजुङको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले पनि ईच्छा राखेर उपाए निकालेका छन् । जब मानिसहरू शिक्षित हुँदैनन् तबसम्म संसार अध्यारो नै हुन्छ । शिक्षा भनेको मानसिक चेतना वा बिकास हो । जबसम्म मानसिक बिकास हुँदैन तबसम्म भौतिक बिकास हुन सक्दैन भन्दै मैवाखोला गाउँपालिकाका अध्यक्ष वनेमले आफ्नो पालिकामा सर्बप्रथम शैक्षिक क्षेत्रको बिकास गर्ने लक्ष्य बोकेर हिँडिरहेका छन् ।

शैक्षिक बिकास तथा सुधारका लागि बाह्र करोड रूपैयाँ पालिकाबाट छुट्याइएको बताएका छन् । उनले आफ्नो पालिकाभित्र रहेको २८ वाट विद्यालयका सम्पुर्ण प्रधानध्यापक तथा पालिकाका अधिकृत बिष्णु थापा, पालिका शिक्षा अधिकृत लक्ष्मी गुम्देल, राष्ट्रिय शिक्षा अभिभावक कार्यक्रमका अबिशेक घिमिरे, छेणुप लामा, दिनेश थापा लगायतको उपस्थितिमा एक कार्यक्रम आयोजना गरि उक्त योजना सार्बजनिक गरेका हुन् ।

यतिबेला ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक सुधार तथा बिकास अभियान अन्तर्गत अभिभावक जागरण अभियान कार्यक्रम प्रत्यक विद्यालयमा सुरू भैरहेको छ । शैक्षिक क्षेत्रमा हुँदै आएको बिक्रीती र जागिर बचाउ, भत्ता पचाउ जस्ता अभियान बोकेर विद्यालय छिर्ने शिक्षाकहरूलाई खबर्दारी गर्दै अध्यक्ष वनेम आफू स्वयंम प्रत्येक विद्यालयमा धाईरहेका छन् । यो योजनामा उनले शिक्षकलाई मात्र है अभिभावकलाई पनि संगै जोडेका छन् । बालबालिकाको शिक्षामा अभिभावकलाई जिम्मेवार बनाउने उद्देश्य यस अभियानले जोडेको देखिन्छ । यो अभियान नेपालमा सुरुवाति चरणमा छ भन्दा फरक नपर्ला ।

बिस्तारै उदाउँद‌ै गरेको यो अभियानलाई गाउँपालिकाका प्रत्येक अभिभावक, विद्यार्थी, शिक्षक, राजनितीज्ञ लगायतले मन पराएका पनि छन् । गाउँपालिकाका अध्यक्ष वनेम भन्छन्ः ‘हामी शिक्षा क्षेत्रमा छिट्टै फड्को पार्ने छौं । शिक्षामा सुधार ल्याउन जरूर थियो अब आउँछ पनि । यस्ता कार्यमा सबै सरोकारवालाहरुको भूमिका महत्वपूर्ण रहने छ । यो अभियान अन्तर्गत गाउँपालिकाका ६ वटै वडाका विद्यालयका अभिभावक, शिक्षकलगायत सरोकारवालाहरुलाई सहभागी गराइरहेका छन् । विद्यार्थीको सिकाइ क्रियाकलापमा शिक्षक, विद्यार्थी, अभिभावक, नागरिक अगुवा, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति लगायत सबैको उत्तिकै भूमिका रहने भएकोले सबै विद्यालयमा कार्यक्रम महत्वपूर्ण र सक्रिय सहभागिता हुन अध्यक्ष वनेमले सम्पुर्ण पालिका वासिलाई आग्रह गरेका छन् । सँगै बालबािलकाहरूको क्षमता बिकास तथा शारीरिक, मानसिक बृद्वि बिकासका लागि स्मार्ट एसेम्लीको पनि सुरूबात भैसकेको छ । ’

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.