Nidan Media

निदान मिडियाका प्रमुख कार्यकारी अधिकृत नेपाल पत्रकार मन्चबाट सम्मानित

पोखरा । नेपाल पत्रकार महासंघको हालै सम्पन्न २७ औँ महाधिवेशनमा एसोसिएट प्रदेशको सदस्य पदमा निर्वाचित निदान मिडियाका प्रमुख कार्यकारी अधिकृत सुबास पौडेललाई नेपाल पत्रकार मन्चले स्वागत एवं सम्मान गरेको छ ।
नेपाल पत्रकार मञ्चको सदस्य रहेर नेपाल पत्रकार महासंघको हालै सम्पन्न भएको महाधिवेशनमा विभिन्न पदमा निर्वाचितहरुलाई स्वागत एवं सम्मान गरिएको हो ।

मन्चले आइतबार एक कार्यक्रमकाबीच महासंघको केन्द्रीय सदस्यमा निर्वाचित मनुका कुँवर, नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश अध्यक्षमा निर्वाचित रोयल आचार्य, कोषाध्यक्षमा निर्विरोध निर्वाचित राजेन्द्र प्रजापति तथा सदस्यहरुमा निर्वाचित सन्तोष मिश्र, कमला नेपाल, सुवास पौडेल, धिरेन्द्र तिवारी, रौशन चौधरी, नबिन सिंह नेपाली र सरोज बस्याललाई सम्मान गरेको हो । यस्तै, कार्यक्रममा विश्व हिन्दू महासंघको हालै जनकपुरमा सम्पन्न महासम्मेलनबाट अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित मञ्चकी सदस्य अस्मिता भण्डारी र राष्ट्रिय फोटो पत्रकार समूहको महासचिवमा निर्वाचित मञ्चका सदस्य घनश्याम श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई मञ्चका अध्यक्ष युवराज बिद्रोहीले सम्मान पत्र प्रदान गरेका थिए भने मञ्चका पूर्वअध्यक्ष योगेन्द्र प्रताप शाहीले खादा र मध्यान्ह राष्ट्रिय दैनिकका सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले माला पहिर्याएर सम्मान गरेका थिए ।

कार्यक्रममा मञ्चका अध्यक्ष विद्रोहीले चुनावमा सहभागी हुँदा आफ्नो पक्षमा मतदान गर्न उम्मेदवारहरूबीच जे–जस्तो प्रतिस्पर्धा भएपनि निर्वाचित भएपछि सिंगो पत्रकार महासंघको साझा नेतृत्व बन्न निर्वाचित सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई सुझाव दिएका थिए । मञ्चका महासचिव बिमल थापाले संचालन गरेको कार्यक्रममा मञ्चका उपाध्यक्ष चन्द्रमणि भट्टराईले धन्यवाद ज्ञापन गर्दै महासंघमा निर्वाचितहरुमा जिम्मेवारीसँगै चूनौती र अवसर समेत प्राप्त भएको बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.