Nidan Media

मन्त्रीहरूको कार्यसम्पादनप्रति प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको कार्यसम्पादनप्रति निराशा व्यक्त गरेका छन्। सरकारको नेतृत्व सम्हालेको पाँच महिना बितिसक्दा पनि जनताले आशा गरे अनुसार काम हुन नसकेको भन्दै उनले निराशा व्यक्त गरेका हुन्।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले जनताको अपेक्षाअनुसार काम हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। अधिकांश मन्त्रालयबाट देखिनेगरी काम हुन नसकेको उनको भनाइ छ। प्रधानमन्त्री ओलीले सरकारप्रति जनताको भरोसा बढाउन कामको गतिलाई तीब्रता दिन मन्त्रीहरूलाई निर्देशन दिएका छन्।

सरकारप्रति जनताको भरोसा र विश्वास पैदा हुनेगरी काम गर्न उनले निर्देशन दिएको ती मन्त्रीले बताए।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.