Nidan Media

रवि भनिएको फोटोबारे बोल्यो कास्की प्रहरी (विज्ञप्ति सहित)

पोखरा । हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भन्दै तस्वीर सार्वजनिक भएको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कार्यालयका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बिहीबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै अनुसन्धानलाई समेत नकारात्मक प्रभाव पार्ने गरी फोटो सार्वजनिक गरिएको भनिएको छ । डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भई प्रहरीको व्यावसायिकतामा आँच आउने किसिमले विभिन्न सामाजिक संजालहरुमा सम्प्रेषण भएको तस्विरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

सूचनाको हक सम्बन्धी ऐन २०६४ मा व्यवस्था भएअनुसारको अपराध अनुसन्धान, गोपनीयता कायम गर्नुपर्ने व्यवस्था र साइबर अपराधसम्बन्धी कानुन उल्लङ्घन भएको हुँदा सोही मुद्दामा अनुसन्धान गरेर कारबाही गर्ने प्रहरीले जनाएको छ ।
यसअघि गृहमन्त्री रमेश लेखकले ‘रविको हिरासतभित्रको फोटो भन्दै बाहिर ल्याउनेलाई कारबाही गर्न’ निर्देशन दिएका छन् । प्रहरीले त्यो फोटो हिरासतमा रहेका रविको हो कि होइन भन्ने विज्ञप्तिमा स्पष्ट लेखेको भने छैन।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.