काठमाडौं । मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज (मंगलबार) विश्वभर अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइँदै छ । नेपालमा पनि आज विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदैछ ।
हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार २०७५ सालदेखि हरेक वर्ष मानव अधिकारको सरंक्षण र सम्वर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई मानअधिकार पुरस्कार प्रदान गरिँदै आइएको छ ।