Nidan Media

चलचित्र संघले सेभेन सिजको फिल्म प्रदर्शन नगर्ने

काठमाडौं । फिल्म प्रदर्शक र वितरकहरूको छाता संस्था नेपाल चलचित्र संघले सेभेन सिज सिनेमाले निर्माण र वितरण गर्ने कुनैपनि सिनेमा प्रदर्शन नगर्ने घोषणा गरेको छ । सेभेन सिज सिनेमाजले ‘पूर्ण बहादुरको सारङ्गी’ को प्रदर्शन स्थगनको विषयमा स्पष्ट धारणा नराखेको जनाउँदै संघले विज्ञप्तिमार्फत यस्तो निर्णय गरेको हो ।

‘मंसिर २३ गते सेभेन सिज सिनेमाले ‘पूर्णबहादुरको सारङ्गी’को प्रदर्शन स्थगित सम्बन्धमा जारी विज्ञप्तिमा नेपाल चलचित्र संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जबसम्म सेभेन सिज सिनेमाले यस सम्बन्धमा नेपाल चलचित्र संघलाई आफ्नो धारणा स्पष्ट पार्दैन, तबसम्म सेभेन सिज सिनेमाले निर्माण गर्ने वा वितरण गर्ने कुनै पनि सिनेमा नेपाल चलचित्र संघको सदस्यहरुले प्रदर्शन नगर्ने जानकारी गराउन चाहन्छौं ।’

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.