Nidan Media

चार देशका राजदूतले लिए शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका नेपाली राजदूतले शपथ ग्रहण गरेका छन् ।

आइतबार बिहान शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलसमक्ष अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, जर्मनीका लागि डा शैल रुपाखेती, साउदी अरेबियाका लागि डा नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले शपथ ग्रहण गरेका हुन् ।

 

 

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.