Nidan Media

संरक्षित बन्यजन्तुको सिंङ सहित १ विदेशी नागरिक पक्राउ

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट एक विदेशी नागरिक पक्राउ परेका छन् । विमानस्थलबाट संरक्षित वन्यजन्तु घोरलको सिंङसहित युक्रेनका एक नागरिक पक्राउ परेका हुन।

पक्राउ पर्नेमा युक्रेनका २१ वर्षीय पीलीप जील्को भीस्की रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । विमानस्थलको आन्तरिक प्रस्थान गेटको एक्सरे मेसिनमा चेकजाँचको क्रममा भीस्कीको निलो झोलामा संरक्षित बन्यजन्तु घोरलको सिंङ फेला परेको थियो ।

पक्राउ परेका उनलाई पोखर १५ नयाँगाउमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)को कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.