Nidan Media

चलचित्र पटकथा संग्रहालयको सुरुवात

पोखरा । चलचित्र विकास बोर्डले फिल्मको पटकथा संग्रहालयको औपचरिक सुरुवात गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसको सुरुवात गरेका हुन् ।

सो अवसरमा ७ जना फिल्मका निर्माता तथा लेखकले मन्त्री गुरुङलाई पटकथा हस्तान्तरण गरे । फिल्म ‘बोक्सीको घर’की निर्मात्री केकी अधिकारी, ‘अन्तराल’ निर्देशक दीपा बस्नेत, ‘नाङ्गो गाउँ’ निर्देशक दीपेन्द्र लामा, ‘दुई नम्बरी’ फिल्मका निर्माता किरण नेपाली, ‘चिसो मान्छे’ निर्देशक दीपेन्द्र के खनाल, ‘कबड्डी ४’का निर्माता रामबाबु गुरुङ र ‘छक्कापञ्जा ५’ निर्देशक दीपाश्री निरौलाले पटकथा हस्तान्तरण गरेका हुन् ।

मन्त्री गुरुङले प्राप्त पटकथालाई चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डीसीलाई प्रदान गरे । प्राप्त पटकथालाई डिजिटल अभिलेखको रुपमा तयार पारिने अध्यक्ष डीसीले बताए । समारोहमा ७२ जना फिल्मकर्मीलाई विशिष्ट चलचित्रकर्मीको परिचयपत्र प्रदान गरिएको थियो । सो समारोहमा सञ्चारमन्त्री गुरुङले देशलाई आइटी हब बनाउन सरकार लागि परेको उल्लेख गरे । टिकटक बन्दा गर्दा मुलुकलाई ३ अर्ब घाटा लागेको उनले सुनाए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.